Main

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा

२२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित भएका छन् ।

यसअघि १६ साउनमा पनि समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको थियो । तर त्यस दिन उनले आफू उपस्थित हुन नसक्ने भन्दै गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए । मंगलबारको बैठकमा भने आफैं उपस्थित भएका हुन् ।

मंगलबार राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button