Main

प्रधानमन्त्री कपको फाइनल खेल्न कुन टोलीलाई के आवश्यक ?

१४ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता २०२४ लिग काठमाडौंमा जारी छ । लिगका ४५ मध्य ३७ खेल सकिएका छन् ।

१० टोली सहभागी प्रतियोगितामा पाँच टोलीको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना सकिएको छ ।

हालसम्म फाइनलमा कुनै पनि टोली पुगेका छैनन् । पाँच टोली शीर्ष दुईको दौडमा छन् ।

अपराजित पुलिस फाइनल खेल्ने लगभग पक्का छ । अर्को दोस्रो टोलीमा चार टोलीको समीकरण बाँकी छ ।

हालसम्म बागमती र मधेशले मात्रै लिगमा आफ्ना सबै खेल सकाएका छन् । मधेश, कोशी, गण्डकी, कर्णाली र लुम्बिनी शीर्ष दुई दौडबाट आधिकारिक रुपमै बाहिरिएका छन् ।

शीर्ष २ मा रहँदै फाइनल पुग्न ५ टोलीलाई आवश्यक समीकरण :

१. पुलिस

६ खेलमा १२ अंक नेपाल पुलिस क्लब अपराजित रहँदै शीर्ष स्थानमा छ । पुलिसले अव गण्डकीसँग सोमबार, बुधबार लुम्बिनी र बिहीबार सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । पुलिस फाइनलमा खेल्न बाँकी तीन मध्य एक खेलमा जित पर्याप्त हुनेछ । एक खेल जित्दा १४ अंकमा पुग्नेछ । पुलिस बाहेक आर्मी र सुदूरपश्चिम मध्य एक टोलीमात्रै १४ अंकमा पुग्न सक्छन् ।

२. आर्मी

७ खेलमा १० अंक दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने सम्भावना आर्मीको मजबुत छ । आर्मी ७ खेलमा १० अंकका साथ चौथो स्थानमा छ । आर्मीले सोमबार सुदूरपश्चिम र बिहीबार गण्डकीसँग खेल्नेछ ।

आर्मी शीर्ष दुईमा रहेर फाइनल खेल्न यी दुबै खेलमा जित हात पार्नुपर्छ । बाँकी दुबै खेलमा जित हात पार्दा आर्मीको १४ अंक हुनेछ । फाइनल खेल्न त्यो १४ अंक पर्याप्त हुनेछ ।

३. सुदूरपश्चिम

६ खेलमा ८ अंक सुदूरपश्चिम प्रदेश ४ मा जित र २ मा हारसहित अंक तालिकामा पाँचौं स्थानमा छ । सुदूरले अव सोमबार आर्मीसँग खेल्नेछ । सुदूरले मंगलबार एपीएफ र बिहीबार पुलिससँग खेल्नेछ । सुदूरले अव तीन विभागीय टोलीलाई हराउन सके फाइनलमा पुग्नेछ ।

४. एपीएफ

७ खेलमा ८ अंक नेपाल एपीएफ क्लब ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । एपीएफ १२ अंकका साथ फाइनल खेल्ने सोचमा छ । तर आफ्नो जितसँगै अन्य टोलीको नतिजामा भरपर्ने देखिन्छ ।

एपीएफले मंगलबार सुदूरपश्चिम प्रदेश र बुधबार कर्णालीसँग खेल्नेछ । एपीएफ पहिला यी दुबै खेलमा फराकिलो अन्तरले विजयी हुनुपर्छ । अर्कोतर्फ आर्मीले सुदूरपश्चिमसँग हार्दा धेरै फाइदा हुनेछ । वा आर्मीले बाँकी दुई मध्य एक खेलमा हारेको खण्डमा मात्रै एपीएफ १२ अंकका साथ नेटरनरेटमा माथि रहँदै फाइनल खेल्न सक्छ ।

५. बागमती

९ खेलमा १२ अंक बागमती ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । बागमतीले आफ्नो खेल सकाएको छ । बागमती प्रतियोगिताबाट बाहिरिएको छैन । समीकरण अंकगणितीय मात्रै बाँकी छ ।

बागमती फाइनल खेल्न एपीएफ, आर्मी र सुदूरपश्चिमले कम्तिमा १–१ खेलमा फराकिलो अन्तरले हानुर्छ । अन्य जितको अन्तर सानो हुनुपर्छ । यो अवस्थामा बागमती नेट रनरेटमा माथि रहँदै १२ अंकका साथ फाइनल खेल्न सक्ने समीकरण रहन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button