Main

प्रधानसेनापति शर्मा र इन्डो–प्यासिफिक कमान्डका कमान्डर एक्युलिनोबीच भेट

१४ फागुन, काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका अमेरिकी इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी. एक्युलिनोबीच सोमबार भेटवार्ता भएको छ ।

नेपाली सेनाका अनुसार शर्मासँगको भेटमा उनीहरूबीच वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा छलफल भएको थियो ।

एक्युलिनोले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको १३ फागुनमा अवलोकन गरेका थिए ।

एक्युलिनोले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग छुट्टा–छुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

उनी नेपालको तीनदिने भ्रमणमा १२ फागुनमा नेपाल आएका एक्युलिनोको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भारतमा भएको राइसिना डाइलगमा सहभागी हुन आएका एक्युलिनो सोही क्रममा नेपाल भ्रमणमा समेत आएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button