एनसेलको सन्देशमूलक फागु विशेष भिडियो सार्वजनिक

काठमाडौं । एनसेलले फागु पूर्णिमा (होली पर्व) को महत्त्व बुझाउने सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ ।
‘आफ्नो लागि मात्र होइन, आफ्नाका लागि पनि हरेक पर्व विशेष बनाऔं’ भन्दै एनसेलले नयाँ पुस्तालाई लक्षित गरी सन्देशमूलक भिडियो सार्वजनिक गरेको हो ।
आपसी मेलमिलाप र सद्भाव एवम् सामाजिक एकताका लागि फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली नेपालका प्रमुख चाडपर्वमध्ये एक हो । तर, साथीभाइ, आफन्त र परिवारसँग मिलेर रंगहरू खेल्दै, खुसी साट्दै मनाइने यो पर्वको रौनक विस्तारै हराउँदै गएको छ । छोरा-छोरी आ–आफ्नै तरिकाले होली खेल्न घरबाहिर जाँदा बुवाआमा एक्ला हुन्छन् । यही कमी महसुस गरेर सन्देशमूलक भिडियो सार्वजनिक गरिएको एनसेलले जनाएको छ ।
भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधि प्रयोगमार्फत कसरी बुबाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश रहेको कम्पनीको भनाइ छ ।
सन्तानका हरेक खुसीका लागि जीवन समर्पित गरेका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिने कम्पनीले बताएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।