Main

निर्मलराज पौडेलको गीत ‘छम्म नाचौं, छप्प नाचौं’ सार्वजनिक

काठमाडौं । विज्ञापन व्यवसायीसमेत रहेका निर्मलराज पौडेलले ‘छम्म नाचौं, छप्प नाचौं’ गीत ल्याएका छन् । डान्सिङ नम्बरको उक्त गीतमा निर्मलको स्वर तथा शब्द र मोहित मुनालको संगीत छ ।

मनिष पौडेलले निर्देशन गरेको गीतको भिडियोमा निर्मलका साथै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित बिष्ट, गम्भीर बिष्ट, सुनिल कट्वाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायत कलाकारको अभिनय छ ।

सोमबार काठमाडौंमा आयोजित समारोहमा भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक गरेका हुन् । भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी र महेश पौडेलको छायांकन छ ।

वेलकम एडभर्टाइजिङका संस्थापकसमेत रहेका निर्मलले १५ वर्षपछि गीत ल्याएका हुन् । १३ वर्षको उमेरदेखि नै स्कुलमा हुने नृत्य, कमेडी र गायक गतिविधिमा सक्रिय हुँदै आएका निर्मलले फिल्म ‘कमस’, ‘प्रिती’, ‘पुकार’ र ‘आमाको माया’मा अभिनय गरेका छन् ।

निर्मलले अन्य गायकगायिकाले गाएका गीतको शैलीभन्दा अलिक पृथक शैलीको गीत गाउने इच्छाले यो गीत ल्याएको बताए । ‘कहीं कतै पार्टीतिर नाँच्न मन लाग्यो भने हिन्दी गीत, डिस्को गीत बज्छन् । हामीले नाच्ने खालका मौलिक गीत नै छैनन्,’ गीतबारे निर्मलले भने, ‘मैले विज्ञापनका लागि जिंगल लेखिरहने बानी भएकाले गीत लेख्न त मलाई गाह्रो भएन ।’

गीत ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।



– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button