Main

प्रहरी समायोजन नगरे संघीय सरकारले विकल्प दिनुपर्छ: मुख्यमन्त्री शाह

३० असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रहरी समायोजन नभएमा विकल्प दिनुपर्ने बताएका छन् ।

शाहले संघीय सरकारले बनाउनुपर्ने प्रहरी समायोजन जस्ता महत्वपूर्ण कानुन नबनेका कारण काम गर्न चुनौती थपिएको बताए ।

६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्रदेशमा प्रहरी समायोजन नगर्नुको कारणबारे नेतृत्वले स्पष्ट पार्नुपर्ने बताए ।

‘हामी संघीयतामा गइसक्यौं । संघले बनाउनुपर्ने कानुन नबनाउदा प्रदेशले अधिकार पाएको छैन्’, शाहले भने, ‘प्रहरी समायोजन हुन्छ कि हुदैनन् नेतृत्वले जवाफ दिनुपर्छ । हुँदैन भने विकल्प सोच्न जरूरी छ । विकल्प दिनुपर्छ ।’

शाहले प्रदेश सरकारले आफ्नो स्रोत, साधनबाट संघीय सरकार अन्तरगतका कार्यालयलाई सहयोग गर्दै बताए तर त्यस्ता संरचनाको उद्घाटन र निरीक्षण गरेर मात्र संघीयता बलियो नहुने भएकाले नेतृत्व तहमा बस्ने सबैले कुरा बुझ्न जरूरी रहेको बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button