प्राइम कमर्सियल बैंकको वितरणयोग्य नाफा पौने ३ अर्ब
७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म प्राइम कमर्सियल बैंकको वितरणयोग्य नाफा २ अर्ब ७३ करोड रुपैयाँ छ । सार्वजनिक पहिलो त्रैमासिक विवरणअनुसार बैंकको प्रतिसेयर वितरणयोग्य नाफा २५ रुपैयाँ ५५ पैसा हो ।
बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ११.७५ प्रतिशत बढेको हो । गत आवको यसै अवधिमा यस्तो नाफा १ अर्ब १५ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी पहिले १ अर्ब ९९ करोड रहेकोमा चालु आवको तीन महिनामा २ अर्ब ३३ करोड छ ।
नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेकोमा अहिले २६ रुपैयाँ ५३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ छ । निष्क्रिय कर्जा बढेको छ ।
गत वर्षको असोज मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ३.६७ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ४.८६ प्रतिशत छ । सीडी रेसियो ८५ प्रतिशत छ भने बैंकको आधार दर एक वर्षमा १०.६४ बाट घटेर ७.९२ प्रतिशतमा झरेको छ । मंगलबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता २९४ रुपैयाँ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।