प्रो क्लब च्याम्पियनसिप उपाधिका लागि पुलिस र पर्सा भिड्ने
१३ पुस, काठमाडौं । नारायणी क्रिकेट मैदानमा वीरगञ्जमा जारी प्रो क्लब च्याम्पियनसिपको उपाधिका लागि नेपाल पुलिस र पर्सा–११ क्लब बीच प्रतिस्पर्धा हुने भएको छ ।
सेमिफाइनलमा वोन्डर्स क्लब नोइडालाई ४ रनले हराउँदै पुलिस फाइनल पुगेको हो । आरिफ शेख कप्तानीको पुलिसले चार रनले वोन्डर्सलाई पराजित गरेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ११३ रनको लक्ष्य दिएको थियो । तर वोन्डर्सले ९ विकेटको क्षतिमा १०८ रन मात्रै बनाउन सक्यो ।
यसअघि भएको पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने कप्तानीमा रहेको पर्साले नेपाल आर्मीलाई पराजित गरेको थियो । विनोदी भण्डारी कप्तानीको आर्मीलाई पर्साले १०० रनको चुनौती दिएको थियो ।
राष्ट्रिय टीमका क्रिकेटरले भरिएको आर्मीले लक्ष्य भेटाउन सकेन । १६.२ ओभरमै अलआउट भएको आर्मीले ६८ रन मात्रै बनाउन सक्यो । उपाधिका लागि पुलिस र पर्साबीच भोलि खेल हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।