फाइभ के फन रन हुने

१४ फागुन, काठमाडौं । हाइयर ग्राउण्ड नेपालले चैत ३ गते ५ किलोमिटर फन रन गर्ने भएको छ ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा विभिन्न कार्यक्रम सहित ५ के रन आयोजना गर्ने जानकारी गराएको हो ।
नेपाली महिलाहरूको सशक्तिकरणमा टेवा पुर्याउनुका साथै विभिन्न विपन्न वर्गका व्यक्तिको सहयोगको निम्ति महत्त्वपूर्ण कोष जुटाउने लक्ष्य उक्त कार्यक्रम गर्न लागेको ५ के फन रनकी निर्देशक विमला श्रेष्ठ पोखरेलले जानकारी दिइन् । यस वर्षको फन रन कार्यक्रममा १५०० भन्दा बढी सहभागीहरू र सामुदायिक स्वयंसेवकहरूको अपेक्षा गरिएको उनले बताइन् ।
फन रनका क्रममा जुम्बा डान्स, बालबालिकाहरू खेल्ने ठाउँ, फेस पेन्टिङ लगायत महिला उद्यमीहरूद्वारा सञ्चालित स्टलहरू हुनुका साथसाथै ब्लाइ ब्लाइन्ड रक्स संस्थाद्वारा सांगीतिक कन्सर्ट पनि हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।