फिल्म ‘देववाणी’को रोमान्टिक गीत ‘तिमीलाई सधैंभरी’ सार्वजनिक

काठमाडौं । बाबु बलामी निर्देशित फिल्म ‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैंभरी’ सार्वजनिक भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा रोमान्टिक गीत रिलिज गरियो ।
फिल्म भने मंसिर ७ गते रिलिज हुँदैछ । गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर, भोला पौडेलको शब्द, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ ।
भारतमा खिचिएको गीतमा फिल्मका प्रमुख कलाकार कुन्दन भारद्वाज र अनुजा लेप्चा फिचर्ड छन् । उनीहरुलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा तेन्जु योञ्जनको नृत्य निर्देशन छ ।
उक्त अवसरमा फिल्मको टिजर र अर्को एक गीत पनि सार्वजनिक गरियो । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना र मौसम पौडेलको पनि अभिनय छ ।
सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको फिल्ममा नीराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको नृत्य, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ ।
फिल्ममा मीना खड्का र हीराबहादुर लेप्चा निर्माता छन् । कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।