Main

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिवको सरुवा

१ पुस, काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई सरुवा गरेको छ । २७ मंसिरमा बसेको मन्त्रिपरिषद्‍को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरेको हो । नेपाल कानुन आयोगका सचिव पाराश्वर ढुंगानालाई भने सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिवमा सरुवा गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button