Main

फेलिक्सको गोलमा बार्सिलोना विजयी

२ वैशाख, काठमाडौं । जाओ फेलिक्सको एक मात्र गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा क्याडिजलाई १-० ले पराजित गरेको छ ।

क्याडिजको मैदानमा शनिबार राति भएको खेलमा फेलिक्सले ३७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा थप गोल भएन र फेलिक्सकै गोल निर्णायक बन्यो ।

जितपछि ३१ खेलबाट ७० अंकसहित बार्सिलोना दोस्रो स्थानमै छ । बार्सिलोना अझै लिग लिडर रियल मड्रिडभन्दा ८ अंककले पछि छ । समान खेलबाट रियलको ७८ अंक छ ।

शनिबार भएको खेलमा रियलले मायोर्कालाई १-० ले पराजित गरेको थयो । रियलका लागि चुवामेनीले गोल गरेका थिए  ।

रियल र बार्सिलोनाबीच अर्को साता बर्नाबेउमा एल क्लासिको खेल हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button