उरुग्वे र पानमा क्वाटरफाइनलमा, अमेरिका बाहिरियो

१८ असार, काठमाडौं । आयोजक अमेरिकालाई १-० ले पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
लगातार तेस्रो जित निकाल्दै उरुग्वे समूह सी को विजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो । कान्सास सिटीस्थित एरोहेड स्टेडियममा भएको खेलमा उरुग्वेका लागि माथिएस ओलिभेराले ६६औं मिनेटमा निर्णायक गोल गरे ।
हारपछि अमेरिका भने समूह चरणबाटै बाहिरिएको छ । अर्को खेलमा पानमाले बोलिभयालाई ३-१ ले हराएपछि अमेरिका समूहमा तेस्रो हुँदै बाहिरिएको हो ।
पानमाका लागि जोस फाजार्डो, एडुअर्डो गुएरेरो र सेजार यानिसले गोल गरे । बोलिभियाका लागि ब्रुनो मिरन्डाले सान्त्वना गोल फर्काए । दुई खेल जितेको पानमा भने समूह उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ ।
पहिलो खेलमा उरुग्वेसँग पराजित भएपछि पानमाले अमेरिकालाई हराएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।