Main

गुल्मीको अर्जैकोमा सिंचाइ सुविधा, किसान हर्षित

१३ जेठ, गुल्मी । नहुँदा गुल्मी जिल्लाको अजैको माग्दी-डिही-मजुवामा सिंचाइ सुविधा पुगेपछि किसान हर्षित भएका छन् ।

अजैमा माग्दी खोलाबाट सिंचाइ कुलो पुर्‍याइएको छ । सिंचाइ कुलो नहुँदा मालिका गाउँपालिका वडानम्बर ६ र ७ का किसानहरु आकाशे पानीको भरमा खेती गर्दै आएका थिए । केही जमिन बाँझो नै हुने गरेको थियो ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गुल्मीले कुलो निर्माण गरेको हो । आयोजना सम्पन्न भएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख हरिहरशर्मा तिवारीले काम सम्पन्न भएको सम्झौता पत्र उपभोक्ता समिति र कार्यालयलाई हस्तातरण गरेका छन् ।

उनले कृषिमा राम्रो सम्भावना रहेकाले अब कुलोमार्फत सिंचाइ गरेर प्रतिफल लिन कृषकलाई आग्रह गरे ।

सिंचाइ योजना सम्पन्न भएपछि त्यस स्थानका कृषकहरुलाई धान रोपाइँ गर्न आकाशे पानी कुर्नु पर्ने बाध्यता अन्त्य भएको कृषक यमबहादुर आर्यालले बताए ।

वषौंदेखि कुलो नभएकै कारणले खोलामा सेउला राखेर सानो कुलो खनेर सिंचाइ गर्ने गरेको उनले बताए ।

यस्तै दुखः का कारणले यहाँ धेरै खेती योग्य जमिन बाँझिएको उनले सुनाए । उब्जाउ योग्य जमिन भएकाले यहाँ सिंचाइको सुबिधमा बर्खा हिउँद तीनवटै सिजनका खेती हुने कृषक अर्यालको भनाइ छ ।

सिंचाई योजना मार्फत पानी पुगेपछि त्यहाँका कृषकहरुले धान गहुँ मकै, खालु तथा मौसमी र बेमौसमी खेती गर्न पाउने भएका छन् ।

सिंचाइ सुबिधाको अभावमा बाँझो जग्गा छोडेर अनेत्र गएका पनि फर्किएर खेती सुरु गर्न लागेको माग्दी डिहीमा मजुवा कुलो उपभोक्ता समितिका अध्यक्ष यमबहादुर अर्यालले बताए ।

उनले अब यहाँका कृषकहरुले यो कुलाको सदुपयोग गरेर आम्दानी लिने बताए ।

मझौला सिंचाइ योजनाअन्र्तगत उक्त योजनाको काम भएको हो ।

३ हजार ५ सय मिटर लम्बाइसम्म कुलो निर्माण गरेर डिही खेतमा पानी पुर्‍याइएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीका डिभिजन प्रमुख भरतप्रसाद सापकोटाले बताए ।

सिंचाइ सुविधा पुगेपछि कृषकले अब प्रतिफल योग्य खेती गर्नुपर्नेमा डिभिजन प्रमुख सापकोटाले जोड दिए ।

संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अब प्रतिफल मुखि बाली गर्नुपर्ने सापकोटाको भनाइ छ । सिंचाइ आयोजनामार्फत ९ हेक्टर क्षेत्रफलमा ४२ घर धुरीले फाइदा लिन पाउने भएका छन् ।

राज्यले करोडौं लगानी गरेपछि त्यसको प्रतिफल कृषकले खेती गरेर खेदाउनुपर्ने मालिका गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए ।

जनश्रमदान बाहेक ९२ लाख ९ हजार रुपैयाँको लागतमा उक्त योजना उपभोक्ता समितिमार्फत काम सम्पन्न भएको छ । यस आयोजनामा ९ लाख बराबरको जनश्रमदान गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button