Main

बेलायती राजकुमार दम्पती विमानस्थलबाट सोझै लैनचौर, राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्दै

काठमाडौं। नेपाल भ्रमणमा आइपुगेका बेलायती राजकुमार दम्पती एक सातासम्म नेपालमा रहने भएका छन्।

मंगलबार काठमाडौं उत्रिएका बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चार्ल्स तृतीयका कान्छा भाइ राजकुमार एडवार्ड र राजकुमारी सोफिया राष्ट्रपति रामचन्द्र पौडेलसँग विशेष भेट गर्ने कार्यक्रम छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै लैनचौरस्थित बेलायती दूतावास गएका थिए। उनीहरूले आज दिउँसो नै शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्ने कार्य तालिका रहेको नेपालस्थित बेलायती दूताबासले जनाएको छ।

एक हप्ताको नेपाल बसाईंका क्रममा उनीहरू पोखराको ब्रिटिस गोर्खा क्याम्पमा आयोजना हुने एक विशेष समारोहमा सहभागी हुने तर अन्य स्थानको भ्रमणबारे टुंगो लागिनसकेको दूतावासले जनाएको छ।

उनीहरू २७ गते साँझ स्वदेश फर्किने तालिका छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button