Main

बटेश्वरमा पालिकास्तरीय खुल्ला क्रिकेट सुरु

१३ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा पालिकास्तरीय खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

बटेश्वर गाउँपालिका–३ स्थित प्रगतिशील युवा क्लवको आयोजनामा स्थानीय जनशक्ति माध्यमिक विद्यालयको खेल मैदानमा क्रिकेट प्रतियोगिता प्रारम्भ भएको हो ।

सोमबार एक समारोहबीच क्रिकेट प्रतियोगिताको बटेश्वर गाउँपालिका उपाध्यक्ष फुलकुमारी सिंहले उद्घाटन गरेकी हुन् ।

आयोजक क्लवका अध्यक्ष मुकेश सिंहको अध्यक्षता तथा पालिका उपाध्यक्ष सिंहको प्रमुख आतिथ्य एवं समाजसेवी देवनारायण साहको विशिष्ट आतिथ्यमा भएको भएको उदघाटनमा वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार महतो,  ३ का वडाध्यक्ष राममणि कुशवाहा, ५ का अध्यक्ष शिवकरण यादवलगायतको विशेष उपस्थिति रहेको थियो ।

कात्तिक २३ गतेसम्म चल्ने खेलमा आयोजक टिमसहित १६ वटा टिमले भाग लिने क्लवका अध्यक्ष सिंहले जानकारी दिए ।

उनका अनुसार खेलको प्रथम पुरस्कार ३५ हजार नगदसहित सिल्ड र दोस्रो २० हजार नगद सिल्ड रहेको छ । खेलमा वडानम्बर ३ कार्यालयले सहकार्य गरेको छ ।

आज आयोजक टिम प्रगतिशील युवा क्लव र भंगहा नगरपालिका टिमबीच भएको खेलमा आयोजक टिम ७ विकेटले विजयी भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button