८ देशका कलाकारलाई लिएर ‘यो मन त मेरो नेपाली हो’को छायांकन

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारलाई लिएर फिल्मको सुटिङ सुरु भएको हो ।
दोस्रो चरणमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, दक्षिण अफ्रिका लगायत मुलुकका कलाकार समावेश छन् । अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार मित्र प्रधान यसका निर्देशक हुन् । ज्ञानबहादुर प्रधान निर्माताको रुपमा छन् ।
पहिलो चरणमा नेपालको झापा, इलाम र भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगालमा छायांकन गरियो । फिल्ममा रोशन श्रेष्ठ, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशीको अभिनय छ ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो फिल्मले विदेशमा रहेका नेपालीभाषीको कथावस्तुलाई उठान गरेको छ । फिल्मले नेपाली भाषा, साहित्य, कला, इतिहास र महत्वलाई दर्शाउने निर्देशक प्रधानले बताए ।
शिवम् अधिकारीको पटकथा रहेको फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समीर मियाको भीएफएक्स, कविराज गहतराजको नृत्य रहेनछ । मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेलको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।