क्षतिपूर्ति माग्दै पोल चढिन् आरती

११ असार, काठमाडौं । क्षतिपूर्ति नपाएको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेकी आरती रावल गिरीलाई प्रहरीले उद्दार गरेको छ ।
पोलमा चढेर हामहाफल्न खोजको अवस्थामा प्रहरीले उनको उद्दार गरेको थियो । पोलबाट झारेर उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको छ ।
आरतीले नै दिएको बैवाहिक बलात्कार कसुरमा न्यायाधाशी भुवन गिरी दोषी ठहर भएर अहिले कारागारमा छन् । आफ्नो मन्जुरी बिना श्रीमान भुवन गिरीले बलात्कार गरेको दाबी गर्दै आरतीले जाहेरी दिएकी थिइन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले १३ जेठमा गिरीलाई दोषी ठहर गरेको थियो ।
गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाइएको थियो । तर आफूले अहिलेसम्म क्षतिपूर्ति नपाएको भन्दै आरतीले पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।