Main

बाइडेनलाई भन्दा ह्यारिसलाई महिलाको मत कम : एक्जिट पोल

२१ कात्तिक, काठमाडौं । अमेरिकामा ४७ औं राष्ट्रपति चयनको लागि मतगणना जारी छ । राष्ट्रपति पदका लागि उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् ।

अमेरिकाको राष्ट्रपति चुनावमा अधिकांश महिला र पुरुषले कसलाई समर्थन गरिरहेका छन् भन्ने एक्जिट पोलको तथ्याङ्कमा देखिएको छ ।

बीबीसीका अनुसार अधिकांश महिला कमला ह्यारिसको पक्षमा देखिएका थिए भने पुरुषहरू डोनाल्ड ट्रम्पको समर्थनमा देखिएका थिए ।

ह्यारिसलाई ५४ प्रतिशत महिलाको समर्थन प्राप्त भएको तथ्यांकले देखाएको छ । यसअघि सन् २०२० मा सम्पन्न चुनावमा ५७ प्रतिशत महिलाले जो बाइडेनलाई समर्थन गरेका थिए ।

चुनावी नतिजाहरू एक्जिट पोलबाट मात्रै अनुमान गर्न सकिंदैन । तर, मतदान प्रवृत्ति हेर्दा पछिल्लो निर्वाचनको तुलनामा डेमोक्रेटिक पार्टीलाई महिलाको समर्थनमा कमी आएको एक्जिट पोलको तथ्यांकले देखाएको छ । यो ह्यारिसको लागि चिन्ताको विषय हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button