Main

आधा किलो सुनसहित नागढुंगाबाट एक जना पक्राउ

२१ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

५०२ ग्राम सुनसहित कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाललाई बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले नेपालगञ्जदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.प्र.०३९–००१ ख ००९९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ढकाललाई सुनसहित फेला पारी पक्राउ गरेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button