बागमतीमा विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन मन्त्रालय फुटाइँदै

२ जेठ, हेटौंडा । बागमतीमा विना विभागीय मन्त्री रमा आले मगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।
बुधबार साँझ बस्ने मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने र उक्त मन्त्रालयको जिम्मेवारी आलेलाई दिने तयारी भएको एक मन्त्रीले जानकारी दिए ।
१९ चैतमा मन्त्री नियुक्त भएकी एकीकृत समाजवादीकी नेतृ आले झण्डै डेढ महिनादेखि मन्त्रालयविहीन थिइन् । उनलाई जिम्मेवारी दिन माओवादी नेतृ कुमारी मोक्तानले सम्हालिरहेको सामाजिक विकास मन्त्रालय फुटाउन लागिएको हो ।
मन्त्रिपरिषदले मन्त्रालय विभाजनको निर्णय गरेर बुधबार नै आलेको जिम्मेवारी तोक्ने एक मन्त्रीले जानकारी दिए ।
हाल १२ सदस्यीय रहेको बागमती मन्त्रिपरिषद मन्त्रालय विभाजनपछि १३ सदस्यीय हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।