Main

बागमती प्रदेश सभा बैठक ४ बजेलाई सर्‍यो

१९ चैत, काठमाडौं । अपराह्न १ बजेका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक दिउँसो ४ बजेलाई सारिएको छ ।

प्रदेश सभा सचिवालयले सूचना निकालेर बैठक सरेको जानकारी दिएको हो ।

आजको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिंदैछन् ।

११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । एमाले २७, माओवादी २१, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टी (हानेपा)को २ गरी नयाँ गठबन्धनसँग ५७ मत छ ।

संघमा एमाले र माओवादीको नयाँ समीकरण बनेसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button