Main

बाढी पहिरोमा १० दिनसम्म बेपत्ता भए सरकारले मृतक सरह राहत दिने

३१ असार, काठमाडौं । सरकारले बाढी पहिरोजस्ता विपदमा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विपदका घटनामा बेपत्ता भई घटना भएको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिलाई मृतकलाई सरह राहत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button