Main
नेपालले गुमायो तेस्रो विकेट, आसिफ र अनिलको राम्रो साझेदारी

१ असार, काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग नेपालले तेस्रो विकेट गुमाएको छ । १३.४ ओभरमा अनिल साह आउट भए ।
अनिल २४ बलमा तीन चौका र एक छक्का सहित २७ रन जोडेर आउट भए । तर आउट हुनु अगाडि ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरे ।
३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि साह क्रिजमा आएका थिए । अनिलले आसिफसँग ५० रनको साझेदारी गरे ।
११६ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ८६ रन जोडेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।