Main
सत्ता र शक्तिका लागि यिनीहरूले जे पनि गर्छन् : केसी

७ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिका लागि अहिलेका सत्तारुढ दलले जे पनि गर्न सक्ने बताएका छन् ।
संसद् भवन परिसरमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै केसीले सत्ता र शक्तिको लागि सत्तारुढ दलले लोकतन्त्र र गणतन्त्र खतरामा पार्न पनि पछि नपर्ने बताएका हुन् ।
‘सत्तामै बस्नको लागि यो हदसम्मको बेइमानी, बदमासी गर्न हुन्छ ?,’ केसीले भने ‘यिनीहरूले त सत्ता पाइन्छ भनेपछि लोकतन्त्र र गणतन्त्र मास्न पनि बेर लाउँदैनन् ।’
केसीले सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न गरे । उनले भने, ‘त्यत्रो ठूलो संख्याको विपक्षीको आवाजलाई नसुनेर सभामुखले कसको लागि यो गरेको ? यस्तो भद्दा काम पनि गर्न हुन्छ ?’
– यस समाचारको श्रोत : Online Khabar हो ।