Main

बाल दिवसमा काठमाडौं उपत्यकामा २०० बढी किशोरीलाई आत्मरक्षा तालिम

काठमाडौं । राष्ट्रिय बाल दिवस-२०८१ को अवसरमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाहरूमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका, श्री सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई तालिम प्रदान गरिएको हो ।

२५-२८ भदौसम्म सञ्चालन गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक, शिक्षक लगायत सहभागी थिए ।

किडपावर नेपालका निर्देशक अधिवक्ता सुष्मा पोखरेल र सहायक प्रशिक्षक कृष्णप्रसाद खनालले प्रशिक्षण प्रदान गरेका थिए ।

पोखरेलका अनुसार किशोरीहरूमा दिनप्रतिदिन सुरक्षा सम्बन्धी समस्याहरू बढ्दै गइरहेको जटिल अवस्थामा सुरक्षा र आत्मरक्षाका सिपहरू सबैलाई अत्यावश्यक रहेको र किडपावर नेपालले देशैभरी यसलाई विस्तार गरिनेछ ।

प्रशिक्षणका क्रममा सहभागी किशोरीहरूले सुरक्षाका विभिन्न समस्याहरूबारे जिज्ञास राखेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button