Main

पूर्वका सहरमा ‘मनसरा’लाई दर्शकको साथ, हल भिजिटमा कलाकार

काठमाडौं । शुक्रबारदेखि रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ले पूर्वी नेपालका हलमा उत्कृष्ट ब्यापार गरेको छ । विराटनगर, इटहरी, विर्तामोड र दमकस्थित हलमा फिल्मले दर्शकको साथ पाएको हो ।

विराटनगर प्रिमियरमा पुगको फिल्मको टोलीले ती स्थानका हलमा पुगेर दर्शक भेटघाट गरेको छ । शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं फर्कने छ ।

शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेतृ मिरुना मगर र निर्देशक सुब्बा पुग्दा हलमा दर्शक खचाखच थिए । धरानको हलमा कलाकारलाई देखेपछि सेल्फी खिच्ने दर्शकको भीड उर्लियो ।

फिल्म उत्कृष्ट बनेको भन्दै दर्शकले मनसरा टिमको प्रशंसा गरेका थिए । फिल्ममा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मको निर्माता तथा छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।

विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजनको साथमा श्रवलराज पाण्डेको साउण्ड डिजाइन छ ।

मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकको रुपमा छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button