Main
बी डिभिजन लिग : नयाँबस्ती युथ क्लब र ब्वाइज युनियनले अंक बाँडे
२८ फागुन, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा नयाँबस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा नयाँबस्ती र ब्वाईज युनियनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले गोलका केही अवसरहरू बनाएपनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।