Main

अन्तिममा बिक्री भए शरद र विनोद

२० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग अक्सनमा दोस्रो चरणमा ७ खेलाडी न्यूनतम मूल्य १० लाख रुपैयाँमा बिक्री भएका छन् । पहिलो चरणमा नबिकेका शरद भेषावकरसहित ए ग्रेडका ७ खेलाडी दोस्रो चरणमा बिकेका हुन् ।

सबै टोलीले ए ग्रेडमा सुरुवातमा नबिकेका खेलाडी फ्रेन्चाइज टोलीले रोज्न पाएका थिए । विनोद भण्डारीलाई किन्न सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । सुदूरले लक्की ड्रमार्फत विनोदलाई पायो । समान १० लाखमा बिक्री भएका ७ खेलाडी यस प्रकार छन् ।

ए ग्रेडका तीव्र गतिका बलर हेमन्त धामी, ब्याटर सुनाम गौतम र विकेटकिपर अर्जुन साउद बिक्न सकेनन् । अब यी तीन खेलाडी ग्रेड बी मा झरेका छन् ।

कमलसिंह ऐरी – चितवन राइनोज

राशिद खान- काठमाडौं गुर्खाज

किशोर महतो- जनकपुर बल्ट

दिलिप नाथ – पोखरा

बसिर अहमद – विराटनगर

विनोद भण्डारी – सुदूरपश्चिम

शरद  भेषावकर- चितवन राइनोज

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button