Main

बेल्जियमले रोमानियालाई हराएपछि समूह ई को समीकरण रोमाञ्चक

९ असार काठमाडौं । युरो २०२४ मा शनिबार राति भएको खेलमा बेल्जियमले रोमानियालाई पराजित गरेपछि समूह ई को नकआउट समीकरण रोमाञ्चक बनेको छ ।

कोलोनमा भएको खेलमा बेल्जियमले रोमानियालाई २-० ले हराउँदै पहिलो जित निकालेपछि समूह ई मा चारै टिमको समान ३ अंक छ ।

पहिलो खेलमा सल्भाकियासँग स्तब्ध बनेको बेल्जियमलाई पहिलो जित दिलाउन युरी थिलेमन्स र केभिन डे ब्रुएनाले गोल गरे । थिलेमन्सले खेलको दोस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । डे ब्रुएनाले ८०औं मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

दुई खेलपछि बेल्जियम र रोमानियासहित युक्रेनको र स्लोभाकियाको समान ३ अंक छ ।

अब समूहको अन्तिम दुई खेलपछि मात्रै नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

गोलअन्तरका आधारमा रोमानिया पहिलो र बेल्जियम दोस्रो स्थानमा छ । यस्तै स्लोभाकिया तेस्रो र युक्रेन चौथो स्थानमा छ ।

अब समूहको अन्तिम खेलमा बेल्जियमले युक्रेन तथा रोमानियाले स्लोभाकियासँग खेल्नेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button