बोल्टका इयर बड र स्मार्ट वाच नेपाली बजारमा चाँडै

काठमाडौं । भारतीय अडियो कम्पनी बोल्टका इयर बड, स्मार्ट वाच लगायतका उत्पादनहरू चाँडै नेपाली बजारमा उपलब्ध हुने भएका छन् ।
बोल्टले उत्पादन गरेका ती सामग्रीहरु नेपाल भित्र्याउने सम्बन्धमा बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकका माग र आवश्यकता बमोजिम बोल्ट स्मार्ट वाच र टीडब्ल्यूएस (ट्रु वायरलेस स्टेरियो) इयरबडहरू नेपालमा चाँडै उपलब्ध हुने जगदम्बा मोबाइल्सले जनाएको छ ।
बोल्टले भारतमा आक्रमक व्यावसाय विस्तार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति जनाइसकेको छ । नेपाल पनि ती उत्पादनहरुको प्रमुख बजार हुन सक्ने विश्वास कम्पनीले लिएको छ ।
बोल्टले हेडफोन, स्पिकर, स्मार्टवाच र वायरलेस, ब्लुटुथ, इन–इयर, र इयरफोनहरू लगायत अन्य अडियो र वेरेबल उत्पादनहरु डिजाइन र निर्माण गर्दै आएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।