Main
भक्तपुरको दुईपोखरीमा डुबेर एक जनाको मृत्यु

२ वैशाख, काठमाडौं । भक्तपुरको थिमीस्थित दुईपोखरी (निगु पुखुः)मा डुबेर एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो पोखरीमा डुबेर अन्दाजी ५० वर्षीय तुइलाल श्रेष्ठको मृत्यु भएको प्रहरी वृत्त थिमीका डीएसपी प्रेमसागर केसीले बताए ।
केसीका अनुसार घाम ताप्ने क्रममा तुइलाल पोखरीमा खसेको र तत्कालै कसैले नदेखेकाले उनको मत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । मृतक श्रेष्ठ थिमी–४ कै स्थानीबासी रहेको डीएसपी केसीले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।