भाइचुङ भुटियाले गरे एनएसएल २०२३ को ट्रफी सार्वजनिक
१३ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को विजेता पाउने ट्रफी सार्वजनिक भएको छ । भारतीय फुटबल टिमका पूर्व कप्ता भाइचुङ भुटियाले शुक्रबार दशरथ रंगशालमा एनएसएलको ट्रफी सार्वजिनक गरेका हुन् ।
भुटियासहित नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु, अभिनेता दयाहाङ राई, एनएसएलका आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अध्यक्ष आश्रयता कार्की चौधरी र निर्देशक श्रेयांश कार्की उपस्थित थिए ।
दक्षिण एसियाका स्टार भुटिया २६ वर्षपछि नेपाल आएका हुन् । यसअघि उनी सन् १९९७ मा फुटबल खेल्न नेपाल आएका थिए । २६ वर्षपछि नेपाल आउन पाउँदा खुशी लागेको र नेपालमा धेरै कुरा परिवर्तन भएको उनले बताए ।
एनएसएल २०२३ को फाइनलमा शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
एनएसएलको दोस्रो संस्करणमा कूल ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पेनाल्टीसुटआउटमा हराएर फाइनलमा स्थान बनाएको हो ।
यस्तै ललितपुरले दोस्रो क्वालिफायरमा पोखरा नै अतिरिक्त समयमा पराजित गर्दै फाइनल पुगेको हो । विजेताले ट्रफी र नगद ७० लाख पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले नगद २० लाख पाउनेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।