भारतले नेपाललाई दियो १७९ रनको बलियो लक्ष्य

८ साउन, काठमाडौं । महिला एसिया कप २०२४ को समूह ए अन्तगर्तको अन्तिम खेलमा भारतले नेपाललाई १७९ रनको बलियो लक्ष्य दिएको छ ।
राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनायो ।
भारतका लागि ओपनर सफाली बर्माले सर्वाधिक ८१ रन बनाइन् । उनले ४ बलमा १२ चौका र १ छक्का प्रहार गरिन् । अर्की ओपनर दयालन हेमलताले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाइन् । सजीवन सजनाले १० रन, जमिमा रोड्रिग्सले २८ रन र रिचा घोष ६ रन बनाए ।
भारतको लागि सिफाली र हेमलताले पहिलो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गरेका थिए ।
आज भारतले आफ्नो रेगुलर कप्तान हर्मनप्रित कोरलाई आराम दिँदै स्मृति मन्दनालाई कप्तानको जिम्मेवारी दिएको थियो ।
नेपालको लागि सीता राना मगरले सर्वाधिक २ विकेट लिइन् । कविता जोशीले १ विकेट लिइन् । पावर प्लेमा नेपालको बलिङ निकै कमजोर देखियो । पावरप्लेमा मात्र नेपालले ५० रन खर्चेको थियो । जसमा भारतकी ओपनर सेफाली बर्माले १९ बलमा ३२ रन र अर्की ओपनर दयालन हेमलताले १७ बलमा १५ रन बनाए ।
सातौं ओभरमा रुबिना क्षेत्रीले बलिङ गरिन् । उनले १ ओभरमा १४ रन खर्चिइन् ।
११. ४ ओभरमा सीता रानाको बलिङ स्पेलमा हेमलताले ३९ रनमा जीवनदान पाइन् । उनको क्याच बाउन्ड्री लाइटमा कप्तान इन्दु बर्माले हातमै आएको बलमा कन्ट्रोल लिन सकिनन् ।
नेपालले १४ ओभरको अन्तिम बलमा पहिलो सफलता पायो । सीता राना मगरको बलमा रुबिना क्षेत्रीले हेमलतालाई ४७ रनमा क्याच आउट गराइन् ।
१५.३ ओभरमा सीता राना मगरले सफाली बर्मालाई ८१ रनमा काजोल श्रेष्ठको हातबाट स्टम्पिङ आउट गराइन् । १८.३ ओभरमा पुन नेपालका लागि कविता जोशीले विकेट लिइन् ।
आजको खेलमा नेपालले भारतसँग फराकिलो अन्तरको जित निकाल्न सकेमा मात्र सेमिफाइनलमा स्थान बनाउनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।