Main
८ महिनामा ९ लाख ८० हजार ‘ई–पासपोर्ट’ जारी

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ फागुन मसान्तसम्म ९ लाख ८० हजारभन्दा बढी विद्युतीय राहदानी जारी भएको देखिएको छ ।
अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा राहदानी लिनेको संख्या ९ लाख ८० हजार ६ सय ४१ थान देखिएको हो ।
गत आवमा १४ लाख ३५ हजार ६ सय ९९ जनाले विद्युतीय राहदानी लिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।