Main

नेपाली ब्याटरले एकै बलमा दौडिएर बनाए पाँच रन

१० माघ,  काठमाडौं । नेपालका सुवास भण्डारी र आकाश चन्दले आईसीसी यू–१९ विश्वकप २०२४ मा पाकिस्तानविरुद्ध दौडिएर नै एकै बलमा पाँच रन बनाएका छन् ।

तीव्र गतिका बलर मोहम्मद जिशानको ४९ औं ओभरको पाँचौं बलमा उक्त पाँच रन जोड्न सफल भएका हुन् ।

जिशानलाई सुवास भण्डारीले उक्त बल प्रहार गरेका थिए । दुई रन सजिलै जोडेका थिए । तर पाकिस्तानका फिल्डरले फालेको थ्रो बल समाउन नसकेपछि सुवास र आकाशले त्यसको भरपूर्ण फाइदा उठाउँदै पाँच रन दौडिएर पूरा गरेका थिए ।

त्यसैको कारण नेपालले एकै बलमा पाँच रन जोड्न सफल भएको थियो ।

नेपालले पाकिस्तानलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा १९७ रनमा अल आउट भयो ।

नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारी २४ बलमा महत्वपूर्ण २० रन जोडेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button