Main
भीमसेनगोला स्थित भत्केको पुलमुनि पुरुषको शव भेटियो
२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलास्थित भत्केको पुलमुनि एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४९ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत फेला परेका ती पुरुषको परिचय खुल्न सकेको छैन । व्यक्ति पहिचान नहुँदा प्रहरी अनुसन्धानमा समेत समस्या भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।