भ्यालेन्टाइन्स डेका दिन आइप्लेक्स मलमा लाइभ म्युजिक कन्सर्ट

काठमाडौं । नयाँ बानेश्वरस्थित आइप्लेक्स मलले भ्यालेन्टाइन्स डेको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ । मलमा पान आकारको ठूलो फ्रेम बनाएर त्यहाँ बत्ती र बेलुनले सजाइएको छ । त्यहाँ उभिएर प्रेमिल जोडीले खिचाइरहेका छन् ।
बुधबार अपरान्ह हुने लाइभ म्युजिक कन्सर्टमा गायक महेन्द्र विकले प्रस्तुति दिने मलका व्यवस्थापक दीपक थापाले जानकारी दिए ।
‘म्युजिकमा रम्न र जुम्नुको मज्जा त छँदैछ । यसपटक एरो गेम पनि सञ्चालन गरिएको छ । जसमा सेवाग्राहीले निसाना लगाउन सके विभिन्न उपहार पाउने छन्,’ उनले भने ।
यस हप्ताभर आइप्लेक्स मलमा सामान खरिद गर्दा वा सेवा लिंदा १५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यो मलमा अवस्थित वान् सिनेमाज मल्टिप्लेक्स सिनेमा हल निकै लोकप्रिय छ ।
चार वर्षअघि सञ्चालनमा आएको आइप्लेक्स मल काठमाडौं व्यस्त सपिङ मलमध्येमा पर्छ । यहाँ लत्ताकपडाका अन्तर्राष्ट्रिय ब्रान्डका पसल, गेमिङ, जोन, केएफसी जस्ता विश्वप्रसिद्ध फुडचेन सञ्चालित छन् । यसैगरी हेयर एन्ड शान्ति ब्युटी सलुन पनि यहाँ सञ्चालित छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।