Main

मंसिरमा विवाह गर्दै रमेश उप्रेती, भन्छन् : परिवारको प्रेसरपछि तयार भएँ

काठमाडौं । अभिनेता रमेश उप्रेतीले मंसिरमा विवाह गर्ने भएका छन् । अहिले विवाहको तयारी चलिरहेको जानकारी उप्रेतीले अनलाइनखबरलाई दिए ।

फिल्म क्षेत्रभन्दा बाहिरकी युवतीसँग आफूले मागी विवाह गर्न लागेको उनले बताए । ‘परिवारबाट पहिल्यैदेखि विवाहका लागि प्रेसर आइरहेको थियो । अहिले विवाहको मुड पनि बनाएको छु’ उनले भने ।

विवाहको लागि वधु हेर्ने सबै जिम्मा परिवारले लिएको छ । ‘मैले आफ्नो स्वविवेकमा यो जिम्मा परिवारलाई नै छाडेको छु’ विवाहको तयारीबारे उनले भने, ‘सबै कुरा लेखेर ल्याएको हुन्छ । जे लेखेको छ, त्यो स्वीकार्न म तयार छु ।’

यतिबेला विवाहको लागि आफू मानसिकरुपमा तयार रहेको समेत रमेशले बताए । रमेशका अनुसार उनले विवाह गर्न लागेकी युवती अष्ट्रेलियामा बसोबास गर्दै आएकी छन् ।

विवाहबारे आफूले चाँडै विस्तृत जानकारी दिने उनले बताए । ‘सबै कुरा फाइनल भयो भने प्रेसमिट नै गर्छु’ उनले भने । रमेशको यो दोस्रो विवाह हुनेछ ।

रमेशको पछिल्लो फिल्म ‘ऐश्वर्या’ सुपरहिट भएको थियो । उनी चाँडै नयाँ फिल्मसहित फर्कने तयारीमा छन् । सबै कुरामा मिलेमा राजनीतिमा सहभागि हुनसक्ने सम्भावना रहेको पनि उनले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button