Main

मण्डलाले थाल्यो ‘मेषी दण्ड’को मञ्चन

काठमाडौं । मण्डला थिएटरमा शुक्रबारदेखि नयाँ नाटक ‘मेषी दण्ड’को मञ्चन सुरु भएको छ । अनिल सुब्बाले निर्देशन गरेको यो नाटक साउन २७ गतेसम्म चल्नेछ ।

गीलु रातोसले लेखेको नाटकमा डेढ शताब्दीअघिको कथा समेटिएको छ । हिमाली जिल्लाका आदिवासीले भाषाको कारण तत्कालीन राज्यबाट भोग्नुपरेको विभेदलाई नाटकमा उतारिएको निर्देशक सुब्बाले बताए ।

सोलुखुम्बुको खालिस राई समुदायले भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ । यो नाटकको निर्माता रिजन केसी हुन् ।

साउन ५ देखि हरेक दिन (सोमबारबाहेक) बेलुकी पौने ६ बजे मञ्चन नाटक मञ्चन हुने जनाइएको छ । शनिबार भने दिउँसो साढे १ बजे अतिरिक्त मञ्चन हुनेछ ।

मण्डलाले सन् २०२४ भित्र १४ नाटक मञ्चन गर्ने योजना बनाएको थियो । जसअनुसार दोस्रो नाटकको रुपमा यो नाटक मञ्चन हुन लागेको हो । यसअघि प्रवीण खतिवडा निर्देशित ‘अन्धवेग’ मञ्चन गरिएको थियो ।

नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्णबहादुर गन्धर्व, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जञ्जीत थुलुङ राई, अजय लामा, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बू, सञ्जीप योगी, प्रवीण मगर लगायतको अभिनय छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button