Main

मदन पुरस्कारको स्वाद चाख्नै बाँकी छ : विवेक ओझा

१२ फागुन, काठमाडौं । ऐठन उपन्यासबाट यसवर्ष मदन पुरस्कार जितेका लेखक विवेक ओझाले पुरस्कारको स्वाद चाख्न अझै बाँकी रहेको बताएका छन् ।

बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको दुई दिने सांस्कृतिक साहित्यिक महोत्सवमा लेखक राजकुमार बानियाँले सोधेका थिए, ‘तपाईं बाह्र वर्षदेखि फूलटाइम लेखक हुनुहुन्छ । मदन पुरस्कारपछि तपाईंलाई २४ घण्टे लेखकका रुपमा बचाइराख्ने वातावरण देला जस्तो संकेत छ कि छैनन् ।’

जवाफमा उनले मदन पुरस्कारपछि प्रकाशकबाट आशालाग्दो संकेत पाएको बताउँदै मदन पुरस्कारको असर के कस्तो पर्छ भनिहाल्न हतार हुने बताए ।

महोत्सवमा लेखक ओझाले मदन पुरस्कार पाउनु संयोग रहेको समेत बताए । पाठकलाई नै भनेर आफ्नो रचना गरिनँ, पाठकलक्षित नभएकाले म बिक्री हुन्नँ भन्ने थियो’, उनले भने, ‘आफूलाई महत्वपूर्ण लागेको मुद्दा र आफूले दिन खोजेको विषय पाठकसम्म पुगोस् भन्ने थियो । पुरस्कारले बजार र पाठक दुवै दियो ।’

कार्यक्रममा उनले थप दुई किताबको पाण्डुलिपीको खाका तयार रहेको तर त्यसलाई किताबका रुपमा पूर्णता दिन अझै तीन/चार वर्ष लाग्ने समेत बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button