Main

मधेशमा पनि मतदान जारी, आजपाको बन्दको आंशिक प्रभाव

११ माघ, जनकपुरधाम । राष्ट्रिय सभा निर्वाचनको दिन प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले गरेको मधेश बन्द घोषणाको आंशिक प्रभाव परेको छ ।

बन्दले राष्ट्रिय सभा निर्वाचनलाई असर गरेको छैन । राष्ट्रिय सभाका दुई सदस्य चयन गर्न मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहान नौ बजेदेखि मतदान जारी छ । मतदान शान्तिपूर्ण छ ।

बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो ।

बन्द सफल बनाउन भन्दै आजपाका नेता–कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । आठवटै जिल्लामा आजपाका नेता–कार्यकर्ता बन्दका लागि सडकमा प्रदर्शन गरिरहेको प्रवक्ता चन्द्रभुषण साहले जानकारी दिए ।

बन्द गराउने क्रममा जनकपुरको रामानन्दचोकबाट प्रहरीले केही नेता–कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले बन्दको प्रभाव खासै नपरेको र सवारी साधनहरु पनि चलिरहेको जनाएको छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button