Main

मनिताले एसियन जुडो च्याम्पियनसिप खेल्ने

५ वैशाख, काठमाडौं । मनिता श्रेष्ठ प्रधानले एसियन जुडो च्याम्पियनसिप २०२४ मा सहभागिता जनाउने भएकी छन् ।

एसियन जुडो च्याम्पियन्सिप ८ देखि ११ वैशाखसम्म हङकङमा हुँदैछ । मनिता हाल नेपाल ओलम्पिक कमिटीअन्तर्गत ओलम्पिक छात्रवृत्तिमा प्रशिक्षण गर्दैछिन् ।

२४ वर्षीय मनिताले ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

च्याम्पियनसिपमा एसियाली ३६ देशका २७३ खेलाडीको सहभागिता रहनेछ । यो च्याम्पियनसिप आईजेएफ वर्ल्ड टुर र २०२४ को पेरिस ओलम्पिकको छनोट प्रतियोगिता समेत हो ।

मनिताका प्रशिक्षकमा देवु थापा तथा खेल निर्देशक सुप्रसिद्ध ताम्राकार पनि हङकङ जाने टोलीमा छन् ।

नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले बुधबार शुभकामनासहित बिदाइ गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button