Main
मनिषा कोइराला र नीति शाहले पूर्वराजाबाट लगाए टीका

काठमाडौं । अभिनेत्रीद्धय मनिषा कोइराला र नीति शाहले पूर्वराजा ज्ञानेन्द्रबाट टीका ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिए ।
राजसंस्थाको पक्षमा आफ्नो विचार व्यक्त गर्दै आएकी अभिनेत्री कोइरालाले अघिल्ला वर्षमा पनि पूर्वराजाबाट टीका लगाउँदै आएकी छन् । यसपटक उनी टीका लगाउन शीतल निवासमा पुगिन् ।
अहिले हलमा चलिरहेको फिल्म ‘ज्वाइँ साब’की अभिनेत्री नीति शाहले पनि शीतल निवासमा पुगेर पूर्वराजाबाट टीका ग्रहण गरेकी छन् । नीतिले यसअघि पनि पूर्वराजाबाट टीका लगाउँदै आएकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।