Main

राजश्वको महानिर्देशकमा चक्र बुढा, नवराज ढुंगाना परराष्ट्रमा

२३ वैशाख, काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ । ढुंगानाको ठाउँमा चक्र बुढालाई पठाइएको छ ।

बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो । बुढालाई राजश्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी छ ।

कलकत्ताको महावाणिज्य दूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा तान्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button