Main

यू-१७ फुटबल टिमको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ नियुक्त

३ साउन, काठमाडौं। नेपाली यू-१७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ नियुक्त भएका छन् ।

विभिन्न ए डिभिजन क्लबको प्रशिक्षण सम्हालिसकेका श्रेष्ठलाई साफ आसन्न यू१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटको लागि एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

यस्तै धनेश्वर प्रजापतीलाई एन्फाले सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

एन्फा महासचिव किरण राईले श्रेष्ठ र प्रजापतीलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा नियुक्ति पत्र प्रदान गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button