Main

महासंघको पहलमा लगानी कम्पनी स्थापना हुन्छ : अध्यक्ष ढकाल

२८ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापनाको घोषणा गरेको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा उक्त जानकारी दिएका हुन् ।

अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवम व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिने उनले बताए ।

कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ हुने र यसमा महासंघका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारमा पहल भइरहेको समेत बताए ।

राजनीतिक दलहरुको आर्थिक विषयमा एकै एजेन्डा हुन नसक्दा समन्यव र सुधार नभएको बताउँदै उनले महासंघको चैत्र अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिने बताए ।

महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित वृहत आर्थिक बहस यसको कोशेढुंगा भएको उनको दाबी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको दाबी गरे ।

‘अझै हामीले प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button