Main

महिन्द्र राय यादव नेतृत्वको नेसपाले आफ्ना उम्मेदवार नभएका स्थानमा माओवादी केन्द्रलाई सघाउने

२ मंसिर, काठमाडौं । महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।

सो पार्टीका महासचिव रमेश प्रसाद यादवले माओवादी केन्द्रको उम्मेदवारी रहेका पालिका र वडाहरुमा सहयोग गर्ने बताए ।

नेसपा २०७९ मा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेको थियो । अहिलेको स्थानीय तह उपनिर्वाचनमा पनि माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर सहभागी हुँदैछ ।

शनिबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच काठमाडौंमा चुनावी तालमेल गर्ने निर्णय सहमति भएको थियो । सो सहमति अनुसार कीर्तिपुरको मेयर र वडाहरुमा एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने र काठमाडौंको वडा नम्बर १६ मा माओवादी केन्द्रले एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्ने छ ।

स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता मंसिर २ गते आज हुँदै छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button