Main

एएफसी च्यालेन्ज लिग : चर्च ब्वाइज युनाइटेडले प्रारम्भिक चरणमा भुटानको पारोसँग खेल्ने

६ असार, काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपालको चर्च ब्वाइज युनाइटेडले भुटानको पारो युनाइटेडसँग खेल्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले च्यालेन्ज लिगमा सहभागी हुने टिमको नाम सार्वजनिक गरेको हो ।

अर्को महिनादेखि सुरु हुने प्रतियोगिताको समूह चरणको ड्र आगामी अगष्ट २२ मा हुनेछ ।

त्यसअघि नै प्रारम्भिक चरणका खेलहरू अगष्ट १३ मा हुनेछ ।

जहाँ नेपालको शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग खेल्नेछ । यस्तै कीर्गिस्तानको अब्दाइस अता र अफगानिस्तानको अट्याक एफसीसँग खेल्ने एएफसीले जनाएको छ ।

यी दुई खेलको विजेता वेष्ट जोनको समूह चरणमा प्रवेश गर्नेछ ।

चर्च ब्वाइज र त्रिभुवन आर्मी एफसीले २०२४/२५ को सिजनका लागि एएफसी क्लब लाइसेन्स पाएका छन् । जसमा एएफसी च्यालेन्ज लिगका लागि नेपाललाई इन्डाइरेक्ट एक कोटा मात्र प्राप्त भएकोले चर्च ब्वाइजले खेल्न लागेको हो ।

यसअघि एएफसीले एएफसी कप आयोजना गर्दै आएको थियो । तर एसियाका इमर्जिङ देशका क्लबहरूका लागि यस पटकदेखि एएफसी च्यालेन्ज लिग आयोजना गर्न लागेको हो । च्यालेन्ज लिग एसियाको तेस्रो टायरको टुर्नामेन्ट हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button