Main
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
१९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ । पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा बैठक सुरू भएको हो । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । बैठकमा कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।